धनगढी पोष्ट
शुक्रबार, ०९ जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलालीमा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेहोस भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्यमा अस्पताल पुगाएको बताए तर पद्यमा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो ।
उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।