धनगढी पोष्ट
शनिबार, १० जेठ २०८२ मा प्रकाशित
धनगढी । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले छलफल गरेका छन ।
शनिबार राष्ट्रिय सभा सदस्य तथा संघर्ष समितिसँग मुख्यमन्त्री शाहले सञ्चालनको विषयमा छलफल गरेका हुन ।
विश्वविद्यालयको विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री शाहले विधेयक पारित हुनु प्रदेशको उच्च शिक्षा क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि भएको बताए ।
उनले अब विद्येयकअनुसार विश्वविद्यालय सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२र८३ मा पूर्ण बजेट विनियोजन गर्नुपर्ने विषयमा राष्ट्रिय सभा सदस्यहरुको ध्यानाकर्षण समेत गराए ।