कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ मिलनचोक, धनगढी उपमहानगरपालिका-७ को बेली, धनगढी उपमहानगरपालिका-९ को त्रिवेणिघाट र धनगढी उपमहानगरपालिका-१२ को कम्पनी टोल नजिकैबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयहरूबाट खटिएको गस्ती टोलीले अन्दाजी एक लाख ३८ हजार २५६ रुपैयाँ बराबरका चिनी, सुर्ती, भुजा, चक्लेट, पेय पदार्थ, बेल्ट, प्लाष्टिक झिल्ली, कुर्ति सेट लगायतका विभिन्न सामानहरू वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका-५ को सुकासाल चौराहा, ऐलानी, भिमदत्त नगरपालिका( १७ बासखेडा र बेलौरी नगरपालिका-१ फटैया चोकबाट अन्दाजी ८८ हजार ७८० बराबरका पेय पदार्थ, बेसन, चियापत्ती, बिस्कुट, चक्लेट, बिडी, सुर्ती, इन्भर्टर, बोइलर कुखुरा लगायतका सामग्रीहरू वेवारिसे अवस्थामा फेला पारिएको छ।

यी सामग्रीहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।