धनगढी पोष्ट
आइतबार, ११ जेठ २०८२ मा प्रकाशित
धनगढी । धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–७ को जोखर ताल नजिक ६ जेठमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले मल्लको उपचारका क्रममा भारतको रुद्रपुरमा रहेको मेडीसिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन्।
उनका अनुुसार बालकलाई जेठ ४ गते साँझ करीब ६ बजेतिर जाखोर ताल नजिकै भजनी नगरपालिका–४ बिजुलियाका जितेन्द्र चौधरीका १४ वर्षीया छोरा आर्यन चौधरीले चलाएको नम्बर नभएको हाते ट्याक्टरले ठक्कर दिएको थियो।
बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा राखिएको छ। ट्याक्टरको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। धनगढीको निसर्ग अस्पतालले उनको अवस्था जटिल देखिएपछि थप उपचारका लागि भारत रेफर गरेको थियो।