धनगढी पोष्ट बिहिबार, १५ जेठ २०८२   May 29, 2025

धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ

धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ

धनगढी । धनगढीबाट लागूऔषध मुद्दामा फरार एक युवती पक्राउ परेकी छिन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फारार रहेकी बर्दियाको गुलरिया नगरपालिका–९ बस्ने २३ वर्षीया मार्था सुनार पक्राउ परेकी हुन्।

सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार कैलालीको धनगढी उपमहानगरपालिका ३ भन्सार कार्यालय नजिकबाट पक्राउ गरेको हो।