धनगढी पोष्ट बिहिबार, १५ जेठ २०८२   May 29, 2025

भन्सारकार्यालय प्रमुखलाई कुटपिटको आरोपमा नगर प्रहरीका प्रमुखसहित चार पक्राउ

भन्सारकार्यालय प्रमुखलाई कुटपिटको आरोपमा नगर प्रहरीका प्रमुखसहित चार पक्राउ

धनगढी । भन्सार कार्यालय, कैलालीका कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका तीन नगर प्रहरीसहित चार जना पक्राउ परेका छन्।

नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमाण्डमा खटेको नगर प्रहरीको टोलीले भन्सार कार्यालयको हाताभित्र भन्सार प्रमुखमाथि कुटपिट र दुर्व्यवहार गरेको उजुरी परेपछि घटनामा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

जेठ १० गते राति १० बजेको समयमा नगर प्रहरीको टोलीले भन्सार प्रमुखलाई कुटपिट गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।

उजुरी परेपछि बैतडीको दशरथचन्द नगरपालिका–१० का ५३ वर्षीय नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी, धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ४६ वर्षीय नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, धनगढी उपमहानगरपालिका–५ का ४३ वर्षीय नगर प्रहरी जवान जितेन्द्रसिंह धामी रहेका छन्।

यसैगरी, पुनर्वास नगरपालिका–१० का ४३ वर्षीय सवारी चालक रतन मल्ललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।