धनगढी पोष्ट
सोमबार, १२ जेठ २०८२ मा प्रकाशित
धनगढी । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की आउने सदनमा सुदूरपश्चिमको आम संचार विधेयक पास गर्ने बताएका छ्न ।
विकास पत्रकारिता सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले आउने सदनमा आम संचार विधेयक पास गर्ने प्रतिबद्धता जनाए ।
अहिले सम्म संचार नीति पास नभएको अवस्थामा आफुले यसलाई क्याबिनेटबाट पास गराउन सफल भएको बताउदै उनले आम संचार नीति आउन ढिलाई हुदा धेरै काम गर्न समस्या भएको बताए । उनले यसलाई पास गरेर पछि पनि आवश्यक परे संशोधन गर्न सकिने बताए ।
उनले प्रदेशको आन्तरिक श्रोत जुटाउन प्रदेश सरकार अझै सफल हुन नसकेकाले धेरै काम गर्न समस्या भएको बताए । उनले आफ्नै भवन बनाउन नसकेको अवस्था रहेकाले यसमा सबैले सोच्नुपर्ने अवस्था रहेको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले २ दिने तालिम आयोजना गरेको हो ।
तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ । वरिष्ठ पत्रकार धर्मेन्द्र झा लगायतका विषय विज्ञले सहभागीहरुलाई प्रशिक्षण दिने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।