धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

डोटीमा १४ वर्षीया किशोरीमाथि करणी आरोपमा ६१ वर्षीय वृद्व पक्राउ

डोटीमा १४ वर्षीया किशोरीमाथि करणी आरोपमा ६१ वर्षीय वृद्व पक्राउ

धनगढी । कञ्चनपुरको गड्डाचौकीबाट किशोरी बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। डोटीको दीपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोली सोमवार किशोरी करणीको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीले कोलीले २०८१ फागुन १४ गते राति ११ बजेको समयमा नारीदाङस्थित शिवरात्री मेला हेर्न गएकी १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोप लागेको छ।

घटना पुरानो भए पनि पीडित बालिकाकी आमाले जेठ ११ गते मात्रै प्रहरीमा उजुरी दिएकी हुन। प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित कोली भागेर भारत जान लागेका थिए। 


 


ट्रेन्डिङ