धनगढी पोष्ट 
                                बुधबार, १४ जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कारखानामा तालाबन्दी गरिएको छ । यसअघि डीडीसीको कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले बुधबार कारखानामा तालाबन्दी गरेका हुन ।
डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको एक हप्ता भैसक्दा पनि समन्वय र छलफलका लागि डीडीसीका तर्फबाट चासो नै नदिएको भन्दै कारखानामा पनि तालाबन्दी गरिएको बताइएको छ ।
डीडीसी अत्तरियामै राख्नका लागि गठन गरिएको संघर्ष समिती संयोजक लोकराज पान्डेय आगो ले पहिलो दिन २ घन्टाका लागि कारखानामा तालाबन्दी गरिएको बताए ।
उनले माग पूरा नभए बिहिबार  विहान ९:३० देखि एक घण्टा चक्का जाम गर्ने र कारखानामा पुर्ण रुपमा ताला लगाईने समेत बताए ।