धनगढी पोष्ट शुक्रबार, १६ जेठ २०८२   May 30, 2025

याक नेपाललद्धारा समुदाय र सरकारबीच प्रदेश स्तरको अन्तरक्रिया : कान्द्रा नदीमा तटबन्धको माग’

याक नेपाललद्धारा समुदाय र सरकारबीच प्रदेश स्तरको अन्तरक्रिया :  कान्द्रा नदीमा तटबन्धको माग’

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ भगड्डीमा वर्षेनी कान्द्रा नदीले बस्ती कटान गरेकाले स्थानीयले तटबन्धको माग गरेका छन् ।  वर्षेनी नदीले बस्ती कटान गर्दा बस्ती नै विस्तापित हुने अवस्थामा पुगेको भन्दै उनीहरुले तटबन्धको माग गरेका हुन् ।

याक नेपालले बुधवार धनगढीमा आयोजना गरेको खाद्य अधिकार हननका सवाल सम्बन्धि प्रदेश स्तरका सरोकारवाला  निकायसँगको अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा भगड्डीका वासिन्दाहरुले नदी कटान नियन्त्रणको माग गरेका हुन् ।  वडा नम्बर ५ भगड्डीका स्थानीय बिष्ण्ुाभक्त जोशीले बर्षेनी कन्द्रा नदीले कटान गरिरहेकोले बस्ती जोखिममा रहेको बताए । आफुहरुले प्रत्येक वर्ष नदीमा तटबन्धका लागि मन्त्रालयमा धाहिरहेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उनले बताए ।

प्रदेश सकारले वर्षनी बजेट विनियोजन गर्दै आइरहेको भए पनि अहिलेसम्म नदी कटानको काम हुन नसकेको उनको भनाइ छ । नदी कटान रोक्नका लागि तटबन्धको काम भइरहे पनि व्यवस्थिती तटबन्धको काम हुन नसकेको उनले बताए ।

कन्द्रा नदी तटबन्ध संघर्ष समितीका संयोजक ललित बहादुर ऐडीले भगड््डी बस्तीलाई कन्द्रा नदीले तीन दिसाबाट बस्ती र खेतीयोग्य जमिनको कटान गरिरहेको बताए । प्रदेश सरकारलगायत विभिन्न निकायबाट नदीमा तटबन्धका लागि सहयोग भएपनि केही कामहरु भएको उनले बताए । कन्द्रा नदी व्यवस्थापनका नाममा प्रदेश सरकार वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भए पनि भगड्डी क्षेत्रमा बजेट नै नहुने गरेको उनको भनाइ छ ।

आफुहरुले पालिकाबाट डिपिआर सहितका कागजातहरु दुई–दुई पटक मन्त्रालयमा पेश र ज्ञापनपत्र बुझाउँदा समेत अहिलेसम्म तटबन्धको कुनै पनि सम्बोधन नभएको उनले बताए । प्रदेश सरकारले कान्द्रा नदीमा विनियोजन गर्ने बजेटलाई क्रमागत हिसाबले विनियोजन गदिनुपर्ने आफुहरुको माग रहेको बताएका छन् । उनले प्रत्येक वर्ष क्रमागत बजेट विनियोजन भए आफूहरुको समस्या समाधान हुने बताए ।

उनका अनुसार त्यस ठाउँका स्थानीयहरुलाई रोजगारीमा जोड्नका लागि भए पनि प्रदेश सरकारले केही रोजगारी सिर्जनाका लागि भए पनि केही कार्यक्रमहरु सञ्चालन भइदिए स्थानीय लाभान्वित हुने थिए ।

वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष प्रेम रोकायाले भगड्डीको चारै तिरको बस्तीलाई नदीले घेरको बताए । यस बस्तीमा कटानको ठूलो समस्या रहेको उनले बताए । आफनो कार्यकालमा विभिन्न क्षेत्रबाट नदखी कटानलाई रोक्नका लागि केही कामहरु गरेको उनको भनाइ छ । उनले स्थानीय सरकार र प्रदेश सरकारले नदी बटान रोक्नका लागि बजेट विनियोजन गरेको भएपनि विभिन्न शिर्षकमा बजेट  विनियोजन गर्दा समस्या भएकाले दुवैले एकिकृत कार्यक्रम बनाएर बजेट विनियोजन गर्नुपर्ने बताए । नदी तटबन्धका एकिकृत कार्यक्रम गर्नुपर्ने उनी बताउँछन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष लोक बहादुर चन्दले संघ र प्रदेश सरकारले आवश्यकता अनुसार तटबन्ध नगर्दा त्यस ठाउँ तटबन्धको काम छुटि रहेको बताए । प्रदेश सरकारले जोखिम पूर्ण क्षेत्रको नीति नबनाउँदा पनि आफूहरुलाई धेरै समस्या भएको उनले बताए । बनेको तटबन्ध पनि जोखिमयुक्त रहेकाले अहिले नै त्यसको सुधार गर्न नसके करोडैको क्षती हुने उनको भनाइ छ । तीन तहका सरकार भने पनि कामहरु वडाले नै गर्न गरेको उनले बताए । सबैले जे–जति काम गरे पनि क्रमागत रुपमा गर्नुपर्ने उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहायक कृषि अधिकृत कृष्णराज जोशीले साना किसानहरुलाई प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए । उनले साना किसानहरुका लागि विद्युत महसुलमा अनुदान र बैंकको ऋणको व्याजमा अनुदान समेत दिइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयका प्रवक्ता मोहनबहादुर कुँवरले  कटानलाई रोक्नका लागि पहिलो काम बनेकै नदी व्यवस्थापन रहेको बताए । कान्द्रा नदीलाई प्रदेश सरकारले प्राथमिकतामा नै राखेको उनले बताए ।

भगड्डीमा कान्द्रा नदीको कटानले गर्दा लगभग दुई सय ६१ घर तथा तीन सय ५० बिघा खेतीयोग्य जमिन उच्च जोखिममा परेको, सिचाई को सुविधा नहुनु तथा उत्पादित कृषि उपजहरूको बजारीकरण नहुनु, जीविकोपार्जन तथा रोजगारीमा पहुँच नभएको, खानेपानीको चरम समस्याको कारण दैनिक आधा घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था, सिचाईको असुविधा तथा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।

त्यस ठाउँका वासिन्दाहरुले कान्द्रा नदीको कटानी बाट रोक्नका लागी तटबन्धको माग, सिचाइका लागी पर्याप्त बोरिङ अथवा सिचाई कुलोको माग,जीविकोपार्जनका लागी सीपमुलक वैकल्पिक व्यवस्था, खानेपानी सुविधाका लागी हाते नल तथा बोरिङको लागी माग,सिचाइका लागी पर्याप्त बोरिङ अथवा सिचाई कुलोको माग र बिद्युत सुविधाको लागी लाइन बिस्तार गर्नुपर्ने माग राखेका छन् ।

बेताल मिडिया प्रालिका कर्ण शाहले कार्यक्रमको सहजीकरण गरेका थिए । याक नेपालका महासचिव हृदय पुजाराले धन्यवाद ज्ञापन गरेका थिए ।