कैलाली र कञ्चनपुरबाट दुई लाखको अवैध सामान बरामद

कैलाली र कञ्चनपुरबाट दुई लाखको अवैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट दुई लाखको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१८ नक्लीपुर, भजनी नगरपालिका–९ भुरुवाबाट एक लाख पाँच हजार चार सयको अवैध सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतको प्रहरी टोलीले भारतबाट तस्करी गरेर ल्याइएका अवैध सामान बरामद गरेको छ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट एक लाख चार हजार तीन सय मूल्यको भन्सार छलीको सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले शुक्रवार अवैध सामान बरामद गरेको हो।