धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका दुई जना पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा बसिरहेका छन भन्ने विषेश सूचनाको आधारमा खानतलासी गर्दा  जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्साम बस्ने ३२ वर्षीय भक्तबहादुर शाही पक्राउ परेका हुन्।

दुबै जनालाई १ केजी ७०६ ग्राम लागूऔषध (अफिम) सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।