धनगढी पोष्ट शुक्रबार, २३ जेठ २०८२   June 6, 2025

धनगढीमा पार्किङ गरेको मोटरसाइकलमा आगलागी

धनगढीमा पार्किङ गरेको मोटरसाइकलमा आगलागी

धनगढी । धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बसन्त कुँवरको घरमा गएराति भएको आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार घरमा पार्किङ गरी राखिएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७५४ नम्बरको मोटरसाइकलमा एक्कासि आगलागी भएको हो।

आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइएको छ।