धनगढी पोष्ट बिहिबार, १२ भदौ २०८३   August 27, 2026

माहौर वैश्य सेवा समितिले वेहडावाडामा बिशाल भण्डारा संचालन गर्ने

माहौर वैश्य सेवा समितिले वेहडावाडामा बिशाल भण्डारा संचालन गर्ने

धनगढी माहौर वैश्य सेवा समिति धनगढीले  गंगा दशहराको अवसरमा वेहडावावामा बिशाल भण्डारण (प्रसाद वितराण ) गर्ने भएको । हालै गठन भएको माहौर वैश्य सेवा समितिको बैठकले जेठ २२ गते वेहडावावामा विशाल भण्डारा संचालन गर्ने निर्णय गरेको हो

समिति गठन भएको लगत्तै  माहौर वैश्य सेवा समितिले पहिलो सामाजिक कामको रुपमा विशाल भण्डारा संचालन गर्ने निर्णय गरेको अयक्ष मुकेश गुप्ताले बताए ।अध्यक्ष गुप्ताका अनुसार बिशाल भण्डार बिहान १० बजेदेखि साझसम्म सँचालन हुनेछ

समितिका सदस्यहरुको आर्थिक सहयोगका आधारमा भण्डारा संचालन गरिने अध्यक्ष गुप्ताले बताए । ‘पहिलो सामाजिक कामको रुपमा एक दिने विशाल भण्डारा संचालन गर्दैछौं अध्यक्ष गुप्ताले भनेसमितिका सदस्यहरु मिलेर  भण्डारा संचालन गरिनेछ

 भण्डारा संचालन गर्न करिब लाख ५० लाग्ने अनुमान गरिएको अध्यक्ष गुप्ताले बताए

 धनगढीमा उपलव्ध  रहेको माहौर वैश्यहरुको भेलाले समिति गठन गरेको हो ।