धनगढी पोष्ट शुक्रबार, २३ जेठ २०८२   June 6, 2025

दशरथ चन्द स्वास्थ्य विज्ञान  विश्वविद्यालय विधेयकमाथिको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

दशरथ चन्द स्वास्थ्य विज्ञान  विश्वविद्यालय विधेयकमाथिको संशोधन राष्ट्रियसभाबाट स्वीकृत

राष्ट्रिय सभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको मंगलबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यसअघि मन्त्री पन्तले सांसदको प्रश्नको जवाफ दिँदै यस विश्वविद्यालयले सुदूरपश्चिममा मात्र नभई देशको शैक्षिक र स्वास्थ्य शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे ।

नेपालको मेडिकल साइन्स सम्बन्धी खुलेको पहिलो विश्वविद्यालय हो । देशको पिछडिएको भनिएको क्षेत्र सुदूरपश्चिममा खुलेको छ’, उनले भने, ‘कैलाली र कञ्चनपुर हुँदै हाम्रा नेपाली विद्यार्थी भारतमा जसरी लर्को लाग्दथे, अब उनीहरुको पाइला गेटामा गएर रोकिनेछन् ।’

मन्त्री पन्तले झण्डै ५१.१ हेक्टरको क्षेत्रफलको जगामा ५० वटा भन्दा बढी संरचना निर्माण भइसकेको जानकारी गराए । उनका अनुसार हालसम्म सबै ठूला संरचना सम्पन्न भइसकेका छन् । जसमा ३९ वटा ठूला भवन छन् ।