पुर्व मुख्यमन्त्री सोडारीको सांसद पद निलम्बन गर्न अख्तियारको पत्र

पुर्व मुख्यमन्त्री सोडारीको सांसद पद निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पुर्व मुख्यमन्त्री सोडारीको सांसद पद निलम्बन गर्न सुदुरपश्चिम प्रदेस सभालाई पत्र लेखेको छ ।  भ्रष्टाचार मुद्दा दायर गरेको लगत्तै  अख्तियारले सोडारीको सांसद पद नलम्बन गर्न पत्र लेखेको हो ।

सुदुरपश्चिम प्रदेश सभालाई लेखिएको पत्रमा सोडारीलाई भ्रष्टाचार मुद्धा चलाइएको जानकारी गराइनुका साथै भ्रष्टाचार निवारण ऐन २०५० को दफा ३३ मा मुद्वाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था अनुसार  सांसद पनि निलम्बन गर्न आग्रह गरिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले अख्तियारको पत्र प्राप्त भएको जानकारी दिए ।  सभामुख भण्डारीले प्रदेशसभा बैठक सञ्चालन भएको दिन सोडारीको सांसद पद निलम्बनमा परेको जानकारी दिइने बताए ।

सोडारीले एक करोड ८ लाख ३८ हजार ३)२ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपसहित अख्तियारले सोही रकम बिगो कायम गर्दै विशेष अदालतमा मुद्वा दायर गरेको छ ।

नेकपा एसका सुदुरपश्चिम प्रदेश सभा सदस्य सोडारी २०८१ बैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । यसअघि उनी भौतिक पुर्वाधार बिकास मन्त्री र सामाजिक बिकास मन्त्री भैसकेका छन् ।


ट्रेन्डिङ