धनगढी पोष्ट
शुक्रबार, २३ जेठ २०८२ मा प्रकाशित
धनगढीको गौरीफन्टा नाका भएर भारतबाट नेपाल फर्किरहेकामा शुक्रवार गरिएको परिक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सीमानामा तीन दिन गरिएको पक्षिणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमण बढेपछि सीमामा ३० जनामा एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । जोशीका अनुसार भारतबाट आइरहेकाहरु मध्य सीमामा सोधपुछ गर्दा कोभिडसँग मिल्दो जुल्दो लक्षण रहेकाहरुको एन्टिजेन परिक्षण गरिको हो ।
भारतमा कोरोना संक्रमण फैलिएकोले सतर्कता अपनाउन सीमामा लक्षण देखिएकाहरुमा एन्टिजेन परिक्षण गरेका हौं । जोशीले भने कोरोना संक्रमण देखिएकाहरुको थप परिक्षण हुन्छ ।
जोशीले एन्टिजेन परिक्षणमा संक्रमण देखिएकाहरुको नमुना संकलन गरेर उनीहरुमा कुन र कस्तो कोरोना छ भन्ने पत्ता लगाउन पीसीआर परिक्षणको लागि काठमाण्डौं पठाइएको बताए ।
महामारी सम्पर्क व्यक्ति जोशीका अनुसार सीमनामा गरिएको जेठ २१ गते ३० जनाको परिक्षण गर्दा ५ जनामा र जेठ २२ गते ६ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।