धनगढी पोष्ट बुधबार, ०७ साउन २०८२   July 23, 2025

सिलिण्ड ग्यास पड्किदा बाजुराको बम्कामा भीषण  आगलागी, १२ पसल जलेर नष्ट

बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर  ६ मा को बाम्का बजारमा विहीवार दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ ।

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दा बढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

आगलागीका कारण लाखौंको क्षति भएको उनले बताए । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको बताइएको छ ।

हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् ।

आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।