कोरोना संक्रमण

भारतबाट सुदुरपश्चिम फर्किरहेका ४ जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट सुदुरपश्चिम फर्किरहेका ४ जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिमका नाकाहरुमा  भारतबाट नेपाल फर्किरहेकाहरुमा शनिबार गरिएको एन्टिजेन परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  धनगढी स्थित गौरीफान्टा नाकामा गरिएको परिक्षणमा ३ जना र बैतडीको झुलाघाट नाकामा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी स्थित गौरीफन्टा नाकामा ३० जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण देखिएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति  हेमराज जोशीले बताए । बैतडीको झुलाघाटमा एक जनामा  एन्टिजेन परिक्षण गरिएको थियो ।

जोशीका अनुसार भारघघतबाट आइरहेकाहरु मध्य सीमामा सोधपुछ गर्दा कोभिडसँग मिल्दो जुल्दो लक्षण रहेकाहरुको एन्टिजेन परिक्षण गरिएको हो ।

यसअघि धनगढी स्थित गौरीफन्टा नाकामा गरिएको परिक्षणमा  जेठ २३ गते ५ जना, जेठ २२ गते १ जना र जेठ २१ गते ३ जनामा कोराना संक्रमण भेटिएको थियो ।