स्कुटर दुर्घटनामा चालकको मृत्यु

स्कुटर दुर्घटनामा चालकको मृत्यु

धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा  स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर दुर्घटना हुदा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।

सिंहका अनुसार स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन् ।

तिब्र गतिमा गइरहेको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहका अनुसार दुर्घटनामा  घाईते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषण गरेका थिए ।