अटोरिक्सा दुर्घटनामा बालकको मृत्यु

कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका–१ भुरुवामा सुपप्र ०१–००१ ह ५१४८ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा स्थानीय अटो रिक्सा चालक भरत साउँदका नाति १० महिनाको आयुष साउँदको मृत्यु भएको हो ।

अटोरिक्सा अनियन्त्रित भएर भएको दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा शनिवार साँझ टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा सोही अटोमा सवार लम्कीचुहाका ४२ वर्षका प्रकाश गिरी र टेकराज साउँद घाइते भएका छन् । घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । उनका नाति १० महिनाको आयुष साउँदको मृत्यु भएको हो ।