धनगढी पोष्ट
सोमबार, २६ जेठ २०८२ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकाको सुख्खा नालामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका ७ खरौला स्थित जैगड राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा ६५ वर्षकी चन्द्रा देबी भुल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खरौलाकै भुलको मृत्युको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।