धनगढी पोष्ट 
                                बिहिबार, २९ जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर गौरीगंगा नगरपालिका – २ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाहीको मृत्यु भएको हो ।
उनको घर नजिकै खेतमा हिँडिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए ।
उनका अनुसार चट्याङले उनको शरीरको दायाँ भागमा टाउको देखि खुट्टा सम्म चोट लागेको छ । अहिले घटनास्थलमा चौमाला र मालाखेतीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डिएसपी चन्दले बताए ।