धनगढी पोष्ट 
                                शुक्रबार, ३० जेठ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका-४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका-३ वडहरा बस्ने २७ वर्षीय अम्मर चौधरी र २५ वर्षीय भिमजंग कठरिया लागूऔषधसहित पक्राउ परेका हुन्।
अमरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १७२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट भीमदत्त नगरपालिका ११ सम्झना टोल बस्ने २३ वर्षीय सुरज सार्की समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
यी  दुबै जनालाई चेकजाँच गर्दा शुन्य दशमलव ५ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।