धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

सर्पको टोकाइबाट कैलालीमा एक बालिकाको मृत्यु

सर्पको टोकाइबाट कैलालीमा एक बालिकाको मृत्यु

धनगढी । कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो।

रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।