धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०८२ मा प्रकाशित
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् ।
शुक्रबार रास्वपा र राप्रपाको विरोधका बीच जारी प्रतिनिधिसभा बैठकमासंसदमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भनेर आरोप लगाइएको बताएका हुन् ।
ुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमाथि भिजिट भिसाका सम्बन्धमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । त्यसमा मेरोसमेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले आफ्नाविरुद्ध नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको आरोप पनि लगाए । ‘संवैधानिक निकायले छानबिन गरिरहेको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरू पदासीन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीसँग रु,’ उनले भने ।