कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

धनगढी । कैलालीका विभिन्न स्थानमा जलमापन केन्द्र र वर्षामापन केन्द्र स्थापना गरिएको छ ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले विपद् जोखिम न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा जलमापन केन्द्र र वर्षामापन केन्द्र स्थापना गरेको हो ।

कैलालीका १८ वटा स्थानमा जलमापन केन्द्र र २३ वटा स्थानमा वर्षामापन केन्द्र स्थापना गरेको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय शाहले जानकारी दिए ।

उनले बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए ।

उनका अनुसार जिल्लाको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ ।