धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

बलात्कारको आरोपमा भजनीका वडा सचिव पक्राउ

बलात्कारको आरोपमा भजनीका वडा सचिव पक्राउ

धनगढी

 भजनी वडा नम्बर४ का वडा सचिव महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

 चार दिन अघि भजनीकै महिलाले आफुलाई जबरजस्तिकरणि गरेको भन्दै पिडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि बुधबार इलाका प्रहरी कार्यालय भजनीले वडासचिव सुमनकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए ।

बलात्कारको आरोपमा पक्राउ परेका वडा सचिवलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो उनले भने–‘उनलाई जिप्रका ल्याइदैछ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो । नगरपालिकाका उपमेयर छाया देवकोटाले घटनाको बारेमा सामान्य जानकारी मात्रै भएको बताईन ।