अछाममा सुख्खा पहिरोले सडक अवरुद्ध

अछाममा सुख्खा पहिरोले सडक अवरुद्ध

अछाम । अछाममा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। जिल्लाको रामारोशन गाउँपालिका – ५ सैनी रसुबेमा बिहान सवा ४ बजे झरेको सुख्खा पहिरोका कारण  शान्तडा – रामारोशने भित्री सडक खण्ड अवरुद्ध भएको हो।  

सडक माथिबाट झरेको पहिरो अन्दाजी २५ मिटर जति सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रशाद भण्डारीले बताए। पहिरो पछाएर बाटो खोल्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।