धनगढी पोष्ट 
                                आइतबार, ०१ असार २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        कञ्चनपुर । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–३ हुलाकी सडक छेउमा अन्दाजी ४५ वर्षीय एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार पुनर्वास नगरपालिका वडा २ का सूर्य दमाई मृत फेला परेका हुन् । 
उनको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी सागर बोहराले बताए । घटनास्थल सिल गरेर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए ।