धनगढी पोष्ट 
                                सोमबार, ०२ असार २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको लम्कीमा आगलागी हुँदा १ लाखको क्षति भएको छ । आइतबार लम्कीचुहा नगरपालिका – ६ बाघमाराका लाल सिंह भुलको काठले बनेको टिनले छाएको दुई तले कच्ची गोठमा हावाहुरी पानी सँगै पर्न गएको चट्याङको झिल्काबाट आगलागी हुँदा उक्त क्षति पुगेको हो ।
आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।