धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

सेती नदीमा बेवारिसे पुरुषको शव फेला

सेती नदीमा बेवारिसे पुरुषको शव फेला

धनगढी । डोटीको सेती नदीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको केआईसिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो।

नाम, थर र बतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतवार फेला परेको प्रहरीले बताएको छ। सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले बताएको छ।

उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। उनको शरीरको छाला खलेको छ। तल्लो शरीरमा खैरो रङ्गको कट्टु लगाएको प्रहरीले बताएको छ।


 


ट्रेन्डिङ