धनगढी पोष्ट 
                                सोमबार, ०२ असार २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        कञ्चनपुर । श्रीमतीको घाँटी च्यापेर हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० मुक्तिटोलका ५० वर्षीय कालु सुनार रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुनारले शनिवार राति श्रीमती जुनादेवीको घाँटी च्यापेर हत्या गरेको अभियोगका आधारमा निजलाई पक्राउ गरिएको हो । 
शनिवार राति गम्भीर घाइते हुनुभएका जुनादेवीको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
जुनादेवीको श्रीमानले घाँटी च्यापेर हत्या गरेको किटानी जाहेरीका आधारमा शनिवार राति ३ बजे उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढीस्थित ट्राफिक चोकबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 
घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० सागर बोहराले जानकारी दिए ।