धनगढी पोष्ट 
                                मङ्गलबार, ०३ असार २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्।
२ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।