धनगढी पोष्ट
बुधबार, ०४ असार २०८२ मा प्रकाशित
कैलाली जिल्ला कारागारमा कैद सजाय भोगिरहेका हरिशसिंह पालीको सोमबार कारागारमै मृत्यु भएको छ
डडेल्धुराका भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको परिवारले हरिशसिंहलाई यातना दिएर मारिएको आरोप लगाएका छन् । उनीहरुको शव बुझेका छैनन् । ्
कैलाली जिल्ला अदालतले बैंकिङ कसुरमा हरिसिंहलाई २० फागुनमा १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । प्रहरीले हरिसिंहलाई गत चैत ३१ गते डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरेर कैलाली ल्याएको हो ।
मृतकका आफन्त जगदीश रावलले हरिसंहको शरीरभरि निलडाम छन्, टाउकोबाट रगत बगेको देखिएकोले हत्याको आशंका रहेको बताए । मृत्युको छानबीन नभएसम्म शव नबुभ्mने उनले बताए ।
कारागारमा हरिशसिंह एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुरयाइएको र त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले बताए ।