धनगढी पोष्ट 
                                बुधबार, ०४ असार २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।