धनगढी पोष्ट
बिहिबार, ०५ असार २०८२ मा प्रकाशित
काठमाडौँ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् ।
६ महिने निलम्बनमा परेका पाण्डेलाई बुधबार उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
अदालतले अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । उनले बिहीबार बिहान सुनधारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन्। यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।