धनगढी पोष्ट
बिहिबार, ०५ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १० गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बिहीवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको हो । बैठक दिनको ४ बजे बस्ने समितिले निर्णय गरेको प्रदेश सभा
सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल हुने जनाइएको छ ।
गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।