धनगढी पोष्ट
शुक्रबार, ०६ असार २०८२ मा प्रकाशित
डोटी । डोटीमा जिप दुर्घटना भएको छ । शुक्रबार दिउँसो आदर्श गाउँपालिका वडा नम्बर १ दोबाजमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए ।
मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए ।