धनगढी पोष्ट शनिबार, ०७ असार २०८२   June 21, 2025

ढुक्क भएर कलम चलाउन पत्रकारहरुलाई मुख्यमन्त्री शाहको आग्रह

ढुक्क भएर कलम चलाउन पत्रकारहरुलाई मुख्यमन्त्री शाहको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

ूपत्रकारहरू थुप्रै चुनौति पार गर्दै आइरहेका छन,ू मुख्यमन्त्री शाहले भन्नुभयो, ूयसबीचमा पनि धेरै जना पत्रकारिता पेशामा प्रवेश गरिरहेका छन, उनिहरुमा यो एउटा मर्यादित र इज्जतको पेशा हो, भन्ने अनुभूति दिलाउनु पर्छ ।ू उनले सीमित श्रोत र साधनका बीच आब २०८२÷०८३ मा सुदुरपश्चिम प्रदेश सरकारले संचार १० क्षेत्रमा बजेट बिनियोजन गरेको बताए ।