धनगढी पोष्ट
शनिबार, ०७ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीबाट भन्सार छलीका गाडी र ट्रकका पार्ट पुर्जाका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपनालिका–२ यसपिए कलेज नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार ६सय मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।
उत्त मूल्य बराबरको गाडी र ट्रकको पार्ट पुजाहरु लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा गाडी र ट्रकको पार्ट पुर्जाहरु फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १ लाख ५३ हजार मूल्य बराबरका भन्सार छलीका बिजुली, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।