धनगढी पोष्ट आइतबार, ०८ असार २०८२   June 22, 2025

कञ्चनपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद

कञ्चनपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद

धनगढी । कञ्चनपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद गरिएको छ । लागूऔषध ब्यूरोले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको हो ।

जिल्लाको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट २७३.२६ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो । 

विशेष सूचनाको आधारमा लागुऔषध ब्यूरो शाखा कार्यालय कञ्चनपुर महेन्द्रनगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) केशव जोशीको कमान्डमा खटिएको प्रहरी टोलीले दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६ ङ गाउँका ५० वर्षीय दीपक बिष्टलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार सम्राट होटलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूको साथमा चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको पाँच वटा पोका खैरो हेरोइन फेला परेको थियो ।

उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।