धनगढी पोष्ट आइतबार, ०८ असार २०८२   June 22, 2025

बैतडीमा मकैबालीमा फौजी किराको प्रकोप

बैतडीमा मकैबालीमा फौजी किराको  प्रकोप

बैतडी । बैतडी जिल्लामा प्रमुख खाद्यबालीका रूपमा रहेको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप देखापरेको छ । किराको प्रकोप बढेसँगै यहाँका किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकाका विभिन्न वडामा मकैबालीमा किराको व्यापक प्रकोप देखिएको छ ।

‘‘फौजी किराले मकैको पात, डाँठ, घोगा र टुप्पासम्म खाएर बाली पूर्ण रूपमा नष्ट पार्ने गरेको देखिएको छ,’’ प्रमुख जोशीले बताए ।