धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कैलालीको बर्दगोरिया गाउँपालिकाको बजेट एक अर्ब दुई करोड ९१ लाख

कैलालीको बर्दगोरिया गाउँपालिकाको बजेट एक अर्ब दुई करोड ९१ लाख

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि  एक अर्ब दुई करोड ९१ लाख
रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । 

सोमबार गाउँपालिकाको १६ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले वार्षिक जेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ ।

यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।

यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण ९सङ्घीय सरकार० बाट ५२ करोड २७ लाख प्राप्त भएको छ। भने अन्तर सरकार वित्तीय हस्तान्तरण ९प्रदेश सरकार० बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ।