धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो।

पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन । महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो ।