धनगढी पोष्ट
बुधबार, ११ असार २०८२ मा प्रकाशित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बयानका लागि विशेष अदालतमा उपस्थित भएका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नेपाल बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् । नेपालको बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
बयान छिटोछरितो रूपमा टुंग्याउने तयारीमा नेपालनिकट कानुन व्यवसायीहरूको छ ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध ९३ जनाविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।