धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ मिलन चोक र धनगढी उपमहानगरपालिका–३ बिशालनगरबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३४ हजार ७ सय बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको चिनी, चप्पल वनाउने फित्ता, चप्पलमा लगाउने सितारा, प्लाष्टिक डोरी, विभिन्न किसिमका कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ गड्डाचौकी बजार र बेलौरी नगरपालिका–१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १४ हजार ५४० बराबरको सामान बरामद गरिएको छ ।

मोवाईलका पार्टपुर्जा, वोईलर कुखुरा, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।