धनगढी पोष्ट मङ्गलबार, १७ असार २०८२   July 1, 2025

कैलालीमा १३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।

बुधबार बालिकामाथी जबरजस्ती करणी गरेको अभियोगमा कैलारी गाउँपालिका–८ लोहरपुर बस्ने २३ वर्षीय लक्ष्मणबहादुर साउद पक्राउ परेका हुन ।

बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।