धनगढी पोष्ट
बिहिबार, १२ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गरिएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्याङ्कका आधारमा बिहीबार साक्षर प्रदेश घोषणा गरिएको हो ।
मुख्यमन्त्री माननीय कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको जनाइएको छ ।
यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए ।