धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

धनगढी र बेलौरीबाट भन्सार छलीका सामान बरामद

धनगढी र बेलौरीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८७ हजार ७ सय बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

भन्सार छलीको चिनी, अचार, धोती, कुर्ती, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–३ बुटावारीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३१ हजार ३ सय बराबरको सामान बरामद गरिएको छ।

सुटपिस, कुर्ती, कस्मेटिक लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।